हामीले महिला गर्भावस्थामा हुँदा बढी मोटाउने गरेको कुरा त सुनेको र देखेकै छौ तर पुरूष पनि बाबु बनेपछि मोटाउँछ भन्ने कुरा भने सायदै हामीमध्ये कोहीले विचार गरेको हौला ।

एक अनुसन्धानका अनुसार पुरूष पनि बाबु भएपछी मोटाउने गरेका छन् । बेलायतमा गरिएको सोधका अनुसार बाबु बनेपछी पुरूषको वजन करिव १० किलोसम्म बढ्ने गरेको पाईएको छ । बेनन्डेन हेल्थकेयरका पल किनानका अनुसार आधुनिक जीवनशैलीले पितृत्वलाई पनि प्रभाव गर्दै आएको छ । यस सोधमा पिता बनेका करिब दुई हजार पुरूषमा गरिएको बताइएको छ।